Breaking News

त्रिकोणात्मक टि–२० सिरिजः युएईविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्दै

Banner

काठमाडौँ, कात्तिक १–

काठमाडौँमा आजबाट सुरु भएको त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत युएईसँगको खेलमा नेपालल टस जितेको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा भर्खर सम्पन्न टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

नेपाल युएईलाई हराउँदै त्रिकोणात्मक सिरिजमा सानदार सुरुवात गर्न चाहन्छ । योसँगै मुलपानी मैदान टि२० आई मान्यता पाउने विश्वको १ सय ९० औं क्रिकेट मैदान बनेको छ ।

पछिल्लो समय नेपालले टि२० आईमा युएईसँग गतवर्ष फेब्रुअरीमा आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा खेलेको थियो । त्यहिँ खेलमा हारको कारण नेपालले विश्वकप खेल्न सकेको थिएन । पछिल्ला पाँच टि२० आई खेलमा युएई तीन खेलमा विजयी भएको छ । नेपाल र युएईबीच पाँच टि२० आई खेल भएको छ । जसमा नेपाल २ खेलमा विजयी हँदा तीन खेलमा पराजित भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>