समाचार

कोशी घटनाको जिम्मेवारी पाटी सभापतिले लिनुपर्छः महामन्त्रीद्धय

Banner

काठमाडौं, असोज २९-
नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कोशी प्रदेश सरकार गठनको घटनाको जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताएका छन् । आइतबार सभापति देउवाले कोशी घटनाको विषयमा छलफल गर्न महामन्त्री थापा र शर्मालाई आफ्नो निवासमा बोलाएका थिए । सो भेटमा आफूहरुले कोशीमा यो परिस्थिति देखापर्नुमा सबैभन्दा ठूलो कमजोरी सभापतिबाटै भएको बताएको महामन्त्री शर्माले पत्रकारहरुलाई बताए ।

कोशीमा कांग्रेसका केदार कार्कीले आफ्नो दलका २९ मध्ये ८ जना र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरे र हाल मुख्यमन्त्री नियुक्त भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री नियुक्तिका लागि सहमति जनाएपछि शेखर पक्षका ८ सांसद र एमालेका ३९ सांसदको समर्थनमा केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

कोशीमा सरकार गठनको विषयमा सभापति देउवाले कोशीबाटै प्रतिनिधित्व गर्ने आफू, सहमहामन्त्री भीष्मराज आङदेम्बे, नेता विजयकुमार गच्छदार, डा नारायण खड्कालगायत कोही पनि नेतासँग सल्लाह नै नगरेको महामन्त्री शर्माले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>