भिडियो
मार्मिक दशैं गीत ‘फुलकुमारी’ सार्वजनिक (भिडियो)
०

चितवन, असोज २९–
नेपालीहरुको महान् चाड बडा दशैं सुरु भइसकेको छ । दशैंका बेला धेरै नेपाली नयाँ नयाँ गीतसंगीतहरु बजारमा आउने गरेका छन् । यसपटक चितवनका गायकगायिकाहरुले दशैं सम्बन्धित मार्मिक गीत ‘फुलकुमारी’ बजारमा ल्याएका छन् ।
गायक कृष्ण प्रसाद भट्ट, दिपेन्द्र ठकुरी, चर्चित गायिका अस्मिता डल्लाकोटी र विशाखा शाहीको स्वरमा रहेको मार्मिक गीत कृष्ण भट्टको आधिकारिक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा परदेशिएको छोरा दशैंको बेला स्वदेश फर्किन लागेको र घरमा श्रीमती, परिवार छोरोको पर्खाइमा रहेको विषयलाई प्रस्तुत गरिएको छ । यस गीतलाई दिपेन्द्र ठकुरीले नै शब्द र संगीत भरेका छन् ।
भिडियोमा शक्तिकुमार गोदार, मदन परियार, पार्वती श्रेष्ठ, संजीता भट्ट, अमृत माया भट्टको अभिनय रहेको छ । भिडियोलाई उमेश गुरुङले निर्देशन गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>