मनोरञ्जन

पूर्व मिस नेपाल खतिवडाले सार्वजनिक गरिन आफ्नो प्रेमी

Banner

काठमाडौं, असोज २८-
पूर्वमिस नेपाल श्रृंखला खतिवडाले संचार उद्यमी सम्भव सिरोहियासँगको प्रेमलाई सार्वजनिकरुपमा स्वीकारेकी छन् । इन्स्टाग्राममा आइतबार बेलुका सम्भवसँगको रोमान्टिक तस्वीर सेयर गर्दै उनले ठूलो आँटका साथ प्रेम सम्बन्धलाई सार्वजनिक गरेको उल्लेख गरेकी छन् ।

आफूहरु प्रेममा रहेको जानकारी दिँदै श्रृंखला लेख्छिन् नमस्ते, हामी सम्भव र श्रृंखला हौं । हाम्रो बीचको नाम होपलेस(रोमान्टिक हो । हामी दुबै अन्तर्मुखी व्यक्तिलाई आफ्नो प्रेम सार्वजनिक गर्न ठूलै साहस उठाउनुपरेको छ । तर, यो हामीले भन्नैपर्ने समय हो ।’

उनले भर्चुअल परिवारसँग हाम्रो प्रेम सम्बन्ध सार्वजनिक गर्न पाउँदा म खुशि रहेको बताएकी छिन् । उनले गतवर्ष यस्तो गर्न निकै मुस्किल भएको समेत बताएकी छिन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>