समाचार

इजरायलले नेपाली दूतावासलाई बुझायो ५ जनाको शव

Banner

काठमाडौं, असोज २८-
इजरायलमा मृत्यु भएका १० मध्ये ५ जना नेपालीको शव त्यहाँस्थित नेपाली दूतावासले प्राप्त गरेको छ ।
आइतबार इजरायलमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र अनिश चौधरीको शव प्राप्त भएको जानकारी दिएको छ ।

अरु ५ जनाको शव प्राप्त हुने क्रममा रहेको तेल अबिबस्थित नेपाली दूतापवासले जनाएको छ । इजरायलमा हराइरहेका नेपाली नागरिक विपीन जोशीको पनि खोजी भइरहेको दूतावासले उल्लेख गरेको छ । इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासले गरेको आक्रमणमा परी घाइते भएका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भइरहेका छन् भने दुई जना अस्पतालमै उपचाररत छन् । बाँकी दुईमध्ये एक जना नेपाल पुगिसकेका छन् र अर्का एक जना भने दूतवासको हेरचाहमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>