समाचार

नेपालीको शव इजरायलले नै ल्याइदिने प्रतिबद्धता दोहोर्‍याएको छः मन्त्री साउद

Banner

काठमाडौँ , असोज २८-
हमासको आक्रमणमा परी इजरायलमा निधन भएका १० नेपालीको शव प्रक्रिया पूरा भएपछि नेपाल नै ल्याइदिने प्रतिबद्धता इजरायल सरकारले दोहोर्‍याएको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन् । इजरायलमा बेपत्ता विद्यार्थी विपिन जोशीको खोजीका लागि सरकारले हमाससँग सम्बन्ध भएका मुलुकसँग पनि कूटनीतिक पहल भइरहेको मन्त्री साउदले जानकारी दिएका छन् ।

इजरायलमा निधन भएका नेपालीहरूको शव परीक्षण कार्य सकिएपछि नेपाल सरकारलाई हस्तान्तर गर्ने प्रतिबद्धता इजरायली अधिकारीले दोहोर्‍याएको मन्त्री साउदले जानकारी दिएका हुन् । रासससँगको कुराकानीका क्रममा मन्त्री साउदले इजरायलका विदेशमन्त्री र काठमाठौंस्थित इजरायली राजदूतले पनि उक्त प्रतिबद्धता दोहोर्‍याएको बताए ।

ुआक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीको शव सुरक्षित रहेको इजरायली सरकारले स्पष्ट गरिसकेको छ । यसबाहेक एक हजारभन्दा संख्यामा इजरायली नागरिक र अन्य देशका नागरिकको पनि शव छ । त्यती नै संख्यामा आक्रमणकारीको पनि शव छ । तसर्थ ती सबै शवको परीक्षण गरी कानुनी प्रक्रियाअनुसार सम्बन्धीत देशलाई हस्तान्तरण गर्ने इजरायल सरकारले जनाएको छ,ु उनले भनेका छन्, ुयस बारेमा इजरायल सरकारले आफू संवेदनशील भएको र आफै ती शव नेपाल ल्याएर नेपाल सरकारलाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । इजरायलका विदेश मन्त्री र यहाँस्थित इजरायली राजदूतसँग भएको संवादमा पनि उहाँहरुले सो कुरा दोहोर्‍याउनुभएको छ ।ु

नेपाल सरकारले ती शव नेपाल ल्याएर सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न चाहेको तर इजरायल सरकारको प्रक्रियाले ढिलो हुन गएको मन्त्री साउदको भनाइ छ । विद्यार्थीको उद्दार गर्नका लागि गएको विमानमा नै मृतकको शव ल्याउन चाहँदा पनि प्रक्रियागत ढिलाइले सम्भव नभएको उनले बताए ।

इजरायमा पढ्न गएका विपिन जोशी हाल पनि बेपत्ता छन् । उनलाई हमासले बन्धक बनाएको बताइएको छ । जोशीसँगै रहेका विद्यार्थीहरूले पनि हमासले थाइल्याण्डका नागरिकसँगै लगेको बताएका छन् । उनको उद्दारका लागि सरकारले विभिन्न माध्यम प्रयोग गरिरहेको मन्त्री साउदले जानकारी दिएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>