चितवन विशेष

प्याराडाइज युवा क्लवले गर्‍यो सरसफाई र डस्विन वितरण

Banner

चितवन, असोज २८–

पूर्वीचितवनको रत्ननगर–७ सिसुवारस्थित प्याराडाईज युवा क्लबले बृहत सरसफाई तथा डस्विन वितरण कार्यक्रम गरेको छ ।

आफ्नो गाउँ आफै बनाउँ भन्ने उद्देश्यले वडा नं. ७ का वडा अध्यक्ष सजना महतोको प्रमुख आतिथ्यतामा स्थानीयहरु आफ्नो गाउँ सरसफाईमा जुटेका हुन्। ढल वरिवरिका झार उखाल्नेदेखि घरबाट निस्किने फोहोर सरफाई गरेका थिए । युवाहरु आफै जागरुक भएर सरसफाई कार्यक्रम गर्नु सह्रानिय रहेको वडा अध्यक्ष महतो बताउँछन् ।

क्ल्बका अध्यक्ष शरदकुमार महतोले उत्साहपूर्ण जनसहभागीताले आफुहरुलाई थप हौसुला मिलेको बताए। सरसफाई अभियान निरन्तर जारी रहने समेत उनले जानकारी दिए। यो अभियानमा सहभागीता जनाउनुहुने गाउँबासी र डस्विन दाताहरुलाई अध्यक्ष महतोले धन्यवाद दिए ।

सरसफाई अभियानका लागि विभिन्न व्यक्तिहरुबाट प्राप्त ४० वटा डस्विन समेत वितरण गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>