Breaking News

म र स्वर्णीमलाई हराउन बन्न लागेको महागठबन्धनले आज कोशीमा सार्थकता पाएछ: रवि

Banner

काठमाडौँ,असोज २७-

राष्ट्रिय स्वतनत्र पार्टीका सभापति रवि लामिछानेले कोशी प्रदेशमा एमालेको सहयोगमा कांग्रेसले मुख्यमन्त्री पाएपछि महागठबनधनले सार्थकता पाएको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्–’गत उपनिर्वाचनमा मलाई र डा स्वर्णिम वाग्लेलाई हराउन  ड्राफ्ट भएर एउटा मात्र हस्ताक्षर हुन बाँकी रहेको ‘महागठवन्धनुले आज कोशीमा सार्थकता पाएछ। राम्रो भो, अब केन्द्रमा पनि यस्तै सहकार्य होस् ।’

लामिछानेले आगामी निर्वाचन सम्ममा सबै पुराना दल एक ठाँउमा बसेर यस्तै महागठवन्धन गर्न र चुनाव चिन्ह पनि एउटै राख्न सुझाव दिएका छन् ।

उनी लेख्छन्–’ढिला नगरी ‘महागठबन्धनवादी मोर्चाुको घोषणा सभा बारेपनि  सुन्न पाइयोस् । उदेश्य एउटै, कार्यशैली एउटै,चरित्र एउटै, गन्तव्य एउटै  भएपछि, सटर चाहिँ किन बेग्लाबेग्लै ??’

हेनुहोस् उनको फेसबुक स्टाटस्ः

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>