Breaking News

मनाङ एयरको हेलिकप्टर दुर्घटना

Banner

काठमाडौं, असोज २७-

मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ। लुक्लाबाट ७ः१३ मिनेटमा लोबुचे उडेको मनाङ एयरको ‘एन–एएनजे’ कलसाइन भएको हेलिकप्टर शनिबार बिहान दुर्घटना भएको हो।

नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार यात्रु लिन गएको मनाङको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो।

हेलिकप्टर ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको उनले बताए। दुर्घटनामा परी पाइलट प्रकाश कुमार सेडाइ घाइते भएका छन्। उनलाई फिस्टेल एयर नाइनएन एजेआर कलसाइनको हेलिकप्टरले काठमाडौं ल्याइसकेको उनले बताए।

पाइलट सेडाइलाई उपचारका लागि काठमाडौंस्थित ह्मास अस्पतालमा लगिएको छ। उनको अवस्था सामान्य रहेको भुलले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>