चितवन विशेष

त्रिपक्षीय लाभ हुनेगरी चितवन र नवलपुरमा संरक्षणमुखी कार्यक्रम प्रारम्भ

Banner

चितवन, असोज २६–

समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा त्रिपक्षीय लाभ हुनेगरी नवलपुरको गिन्द्री र चितवनको खगेरी उपजलाधार क्षेत्रमा संरक्षणमुखी काम सुरु भएको छ ।

नवलपुरमा कावासोती नगरपालिकाका १४ वटा वडा, हुप्सेकोट गाउँपालिकाका २ वटा वडा, चितवनमा रत्ननगर नगरपालिकाका ४ वटा वडा, कालिका नगरपालिकाको ७ वटा वडा र इच्छाकामना गाउँपालिकाको १ नम्बर वडामा समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा काम गर्न लागिएको हो । वन तथा भू–संरक्षण विभाग र राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागसँगको समन्वयमा डब्लु डब्लु एफ नेपालले सहमती संस्था गैँडाकोटसँगको सहकार्यमा ‘प्रकृतिमा आधारित समाधान– टि.बि.पि. परियोजना’ सुरु गरेको हो ।

ट्रिपल बेनिफिट प्रोग्राम (टि.बि.पि.) परियोजनामाफर्त नारायणी नदी जलाधार अन्तर्गतको नवलपुरको गिन्द्री र चितवनको खगेरी उपजलाधार क्षेत्रमा ३ वर्ष भित्र काम सम्पन्न गर्ने गरी ९ करोड ९३ लाख बराबरको काम हुने सहमतिका अध्यक्ष होमनाथ सुवेदीले जानकारी दिनुभयो ।

शुक्रबार भरतपुरमा भएको परियोजना शुभारम्भ घोषणा कार्यक्रममा डब्लु डब्लु एफ नेपालका स्वच्छ जल कार्यक्रमका प्रमुख राजेश साँदले यस कार्यक्रमले स्थानीय समुदायहरुलाई प्राकृतिक स्रोतहरूमाथिको निर्भरता घटाउँदै, वन तथा जलिय पारीस्थितिकिय प्रणालीको संरक्षण, पुनस्थापना र व्यवस्थापन गर्न र तिनीहरूको जीविकोपार्जन उत्थान गर्ने प्रकृतिमा आधारित समाधानहरू कार्यान्वयन गर्न सहयोग गर्ने जानकारी दिनुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>