मनोरञ्जन

‘परदेशी २’ हेर्न पुगे सेलिब्रिटी

Banner

काठमाडौं,असोज २६-

शुक्रबारदेखि ‘परदेशी २’देशव्यापी रिलिज भएको छ । प्रदर्शनको पहिलो दिन शुक्रबार बिहान काठमाडौंको नयाँ बानेश्वरस्थित आईएनआई सिनेमा हलमा फिल्मको विशेष शो आयोजना गरियो ।

कास्ट एण्ड क्रिउसहित फिल्म हेर्न स्पेसल शोमा हरिवंश आचार्य, दीपकराज गिरी, निर्मल शर्मा, मनोज गजुरेल, प्रेमराजा महत लगायत उपस्थित रहे । निर्देशक रायमाझीसहित कलाकारहरु प्रकाश सपुत, केकी अधिकारी र वर्षा सिवाकोटी पनि विशेष शोमा आकर्षण बने ।

कमाउने सपना बोकेर अमेरिका पुगेको एक नेपाली युवाको पारिवारिक र सामाजिक आउने उतारचढाव फिल्ममा पेश गरिएको छ । ‘परदेशी’मा निर्देशक रायमाझीले खाडीको कथा प्रस्तुत गरेका थिए । फिल्मको शीर्ष भूमिकामा गायक समेत रहेका सपुतले अभिनय गरेका छन् । यो उनको डेब्यु फिल्म समेत हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>