चितवन विशेष

थाकस चितवनले भोलि यमोसा पर्व विशेष कार्यक्रम गर्ने

Banner

चितवन, असोज २५–

थारु कल्याणकारिणी सभा (थाकस) चितवनले भोलि (शुक्रबार) यमोसा पर्व विशेष कार्यक्रम गर्ने भएको छ ।

नारायणगढस्थित नारायणी कला मन्दिरमा विहान ११ बजेदेखि यमोसा विशेष कार्यक्रम गर्न लागिएको थाकस चितवनका सचिव सन्तकुमार चौधरीले जानकारी दिए । उनका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको छ । कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशी रहेका छन् । यस्तै अन्य विभिन्न विशिष्ट व्यक्तिहरुको कार्यक्रममा सहभागिता हुँदैछ ।

थारु समुदायले परामपूर्वकालदेखि नै पितृहरुको सम्मान र सम्झनामा यमोसा पर्व मनाउँदै आइरहेका छन् । यसवर्ष शनिबार असोज २७ गते यमोसा पर्व रहेको छ । कलासँस्कृति संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले यमोसा विशेष कार्यक्रम गर्न लागिएको थाकस चितवनका सभापति ललित चौधरीले जानकारी दिए ।

उनले कार्यक्रममा सबैलाई निमन्त्रणा गरि सकेको भन्दै सबैलाई कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेका छन् । यमोसा पर्व विशेषगरि चितवन र नवलपुरका थारु समुदायले धुमधामका साथ मनाउँदै आइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>