चितवन विशेष

युवा व्यवसायी रुविन रामुदामु सम्मानित

Banner

चितवन, असोज २५–

चितवनका युवा व्यवसायी तथा समाजसेवी रुविन रामुदामु सम्मानित भएका छन् ।

लक्की मिडिया हाउसले बिहीबार एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड २०८० तथा सम्मान कार्यक्रममा व्यवसायी रुविनलाई सम्मान गरेको हो । लामो समयदेखि विभिन्न संघ/संस्थामा सक्रिय भई सामाजिक क्षेत्रसंगै व्यापार/व्यवसाय, उद्योग एवं सामाजिक क्षेत्रमा पु¥याउनु भएको अतुलनीय योगदान गरेको कामको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको उल्लेख छ ।

व्यवसायी रुविनलाई उक्त सम्मान पत्र कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, विशिष्ट अतिथि निर शाह, कार्यक्रम संयोजक हरि कार्कीले सम्मान पत्र प्रदान गरे ।

सो कार्यक्रममा व्यसायी रामुदामुले उत्कृष्ट अवार्ड प्राप्त गरेका अभिनेता आर्यन सिग्देललाई अवार्ड प्रदान गरेका थिए । कार्यक्रम इन्दिरा पन्त कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>