भिडियो

युद्ध चलिरहँदा इजरायलमा रहेकी नेपाली गीतकार नुतन भुसालको ‘कैदी बनाउ मलाई’ गीत सार्वजनिक

Banner

चितवन, असोज २५-

द्वन्द्वग्रस्त इजरायलमा रहेकी नेपाली गीतकार नुतन भुसालले ‘कैदी बनाउ मलाई’ गीतको भिडियो सार्वजनिक गरेकी छन् ।

संगीतकार सुनिल मास्केको एकल संगीत र गीतकार नुतन भुसालको एकल शब्दमा रहेको गीती एल्बम ’नुतन’मा बिभिन्न गायक गायिकाहरुले आफ्नो आवाज दिएका छन । भिडियोलाई गीतकार नूतन भुसालको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो । इजरायली सेना र हमासका लडाकुबीच चलेको लडाइमा दुवैतर्फ कयौं सेना र लडाकुलाई एकले अर्काेलाई कैदी बनाइरहेको अवस्थामा नेपाली गीतकार भने आफूलाई कैदी बनाउ भन्दै गीत नै सार्वजनिक  गरेकी छन् ।

‘कैदी बनाउ’ ’गीतमा गायक विश्व नेपालीको स्वर रहेको छ भने रिकेश गुरुङको संगीत संयोजन रहेको छ । राज लिम्बुको निर्देशनमा बनेको भिडियोमा प्रकाश श्रेष्ठ एवम् विष्णु कट्टेल पराजुलीले अभिनय गरेका छन् । इजरायलको सेरोफेरोमा सन्तोष माबोले बडो कलात्मक ढंगले छायाङ्कन गरी गीतको भिडियोलाई आकर्षक बनाइदिएका छन् ।

गीतकार भुसालले गीतको लेखनदेखि छायाँकन हुँदै अन्तिम रुप दिन सबैले सहयोग र मिहिनेत गरेकै कारण दर्शकहरु सामु पुगेकाले दर्शक स्रोताले पनि सो गीतलाई सुनिदिन आग्रह गरेकी छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>