Breaking News

बझाङमा फेरि गयो ५.२ म्याग्निच्युडको भूकम्प

Banner

काठमाडौँ, असोज २५-

बझाङमा गएराति ५.२ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १२ः२२ बजे बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

बझाङ केन्द्रबिन्दु बनाएर असोज १६ गते ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि असोज २० गतेसम्म पटकपटक पराकम्प आएका थिए।

दर्जनौं पराकम्पनले घरहरू भत्किएका थिए भने एक जना वृद्धको मृत्युसमेत भएको थियो। आज पाँच दिनपछि बझाङमा पुनः भूकम्पको धक्का महशुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ।

जयपृथ्वी नगरपालिकाका उपमेयर रतन बहादुर सिंहले भूकम्पको धक्का महशुस भएको जानकारी दिए। यसअघिका भूकम्पले चर्किएका घरहरू हिजो रातिको भूकम्पले थप चर्किएको उनले बताए। अन्य भौतिक क्षति भएको जानकारी नआएको र आफूले बुझिरहेको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>