Breaking News

सरकारी कार्यालयमा दिउँसै घुसको लेनदेन हुन्छः अख्तियार प्रमुख आयुक्त राई

Banner

काठमाडौ,असोज २४-

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सरकारी कार्यालयमा दिउँसै पैसाको लेनदेन हुने गरेको बताएका छन्। बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राईले मालपोत, यातायातलगायतका कार्यालयमा दिउँसै पैसाको लेनदेन हुने गरेको जानकारी दिएका हुन्।

‘त्यस्ता लेनदेनलाई सापटी रकम भन्ने गरिन्छ। त्यसैले घुस नै हो भनेर प्रमाणित गर्न कठिनाई भइरहेको छ’, उनले भने। राईले यस्ता लेनदेन गर्ने व्यक्तिलाई समाउने कान’नको आवश्यक भएको बताए। उनले सर्वोच्च अदालतले स्टिङ अपरेसनलाई मान्यता नदिँदा दिनदहाडै लेनदेन हुँदा पनि केही गर्न नसकिएको जिकिर गरे।

राईले कर्मचारीले मागे अनुसारका रकम नभएपछि मात्र सेवाग्राहीहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुग्ने गरेको जानकारी पनि दिए। आयोगले तीनै सेवाग्राहीलाई रकम दिने र त्यो रकम सेवाग्राहीले घुस माग्ने कर्मचारीलाई दिने गर्दथे। त्यही बेला आयोग टोलीले घुस रकमसहित त्यस्ता कर्मचारीलाई पक्राउ गर्दै आएको थियो।

अख्तियारको नियमावलीमै भएको यस्तो स्टिङ अपरेसनलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ। राईले भने, ‘त्यो व्यवस्था हटाइदा त्यस्ता कर्मचारीहरुलाई कारवाही गर्न गाह्रो भइरहेको छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>