Breaking News

सोझा साझा निमुखलाई राम्रै काम गर्दा पनि प्रहरीले समाउला कि भन्ने डर छ: रवि

Banner

काठमाडौं,असोज २४-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अख्तियारले भ्रष्टाचारीलाई कारबाही गर्छ भन्ने विश्वास आम मानिसलाई नरहेको बताएका छन् ।

राज्य व्यवस्था समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न विधेयकमाथि छलफल गर्न बुधबार आयोगका पदाधिकारीहरुलाई बोलाएका थिए । बैठकमा लामिछानेले अख्तियारले दायर गरेको मुद्दाको संख्या निरन्तर घटेको र त्यसमा पनि दोषी ठहर हुने प्रतिशत निकै कम रहेको तथ्यांक प्रस्तुत गर्दै भने, ‘अख्तियारको न डर रहृयो न भर ।’

‘सोझा साझा निमुखलाई राम्रै काम गर्दा पनि अख्तियार लाग्ला कि प्रहरीले समाउला कि ? सरकार लाग्ला कि भन्ने डर छ’ उनले अघि भने, ‘अरुलाई चाहिँ डर र भर गयो । अख्तिारको दाह्रा पनि रहेन, नङ्ग्रा पनि भएन ।’

अख्तियारले पछिल्लो समय सहसचिव र सचिवभन्दा माथिका कसैलाई पनि मुद्दा नचलाएको भन्दै ठुला माछा खोई भनेर प्रश्न गरे । उनले अघि भने, ‘अख्तियारको नजरमा यही नै ठूला माछा हो कि ?’

उनले केही मुद्दामा के भयो भनेर प्रश्न गरे । ८ भदौ २०७३ मा अख्तियारले पत्रकार सम्मेलन गरेर लडाकु शिवरमा भएको घोटालाको छानबिनलाई तीव्र बनाएको बताएको स्मरण गर्दै लामिछानेले सोधे, ‘यो छानविन अहिले कहाँ पुगेको छ ? टुंगियो कि कायमै छ ?’

नेतृत्व परिर्वतन भएपछि अख्तियारभित्रै हराएको भन्ने सुनेको भन्दै उनले छानबिन जारी छ भन्ने रेडिमेड जवाफ कहिलेसम्म सुन्नुपर्ने हो भनेर प्रश्न गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>