चितवन विशेष

राजनैतिक परिवर्तन भयो तर आम नागरिकको जीवन परिवर्तन हुने काम गर्न सकेनौँः स्वास्थ्यमन्त्री जोशी

Banner

चितवन, असोजः २४- 

जिल्ला समन्वय समिति (जिसस) चितवनको वार्षिक प्रगति समीक्षा कार्यक्रम आजदेखि  सुरु भएको छ । समीक्षामा जिल्लाका सात पालिका र २२ सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिको उपस्थिति छ ।

कार्यक्रम शुभारम्भ गर्दै बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले आम नागरिकलाई आभास हुने गरी सुधारका काम गर्न नसकिएको बताउनुभयो ।

उहाँले भन्नुभयो “राजनैतिक परिवर्तन भयो तर आम नागरिकको जीवन परिवर्तन हुने गरी काम गर्न सकेनौँ ।” काम गर्ने शैली, स्वभाव र सोच परिवर्तन गर्न नसक्दा र पुरातन शैलीमा काम भएकै कारण सुधार हुन नसकेको स्वास्थ्यमन्त्री  जोशीले उल्लेख गर्नुभयो ।

उहाँले थप्नुभयो “अग्रगामी सोच राखेर काम गर्न जरुरी छ ।” कार्यक्रममा नेपाली कांग्रेस चितवन शाखाका सभापति राजेश्वर खनाल, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य श्याम विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति कृष्ण भूषाल, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालगायतले स्थानीय तहले आम नागरिकलाई सम्बोधन गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय समिति उपप्रमुख कल्पना काफ्ले सापकोटाले कार्यक्रमको उद्देश्यबारे चर्चा गर्नुभएको सो कार्यक्रममा स्थानीय तह र विभिन्न कार्यालयका प्रमुख  एवं प्रतिनिधिले आ–आफ्नो कार्यालका गतिविधि प्रस्तुत गरेका  छन् ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>