घटना -दुर्घटना

जङ्गली जनावरका लागि थापेको धरापमा परेर एक पुरुषको मृत्यु

Banner

सर्लाही,असोज २४-

सर्लाहीमा जङ्गली जनावरका लागि थापेको करेन्टको धरापमा परेर एक पुरुषको मृत्यु भएको छ । बरहथवा नगरपालिका-१४ बिनमाटोलमा करेन्ट लागेर गएराति ५० वर्षीय शिवजी साह तेलीको ज्यान गएको हो ।

स्थानीय नरेश साह बनियाले जङ्गली जनावर छेक्न खेतमा लगाएको बिजुलीको नाङ्गो तारमा परेर तेलीको ज्यान गएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

तेलीको ज्यान गएपछि प्रहरीले १९ वर्षीय जग्गाधनी रामकेवल साहलाई पक्राउ गरेको लामिछानेले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>