Breaking News

इजरायलमा नेपाली विद्यार्थी मृत्यु प्रकरणः चितवनको पर्सा बजारमा विद्यार्थीहरुको प्रदर्शन

Banner

चितवन, असोज २३–

गत शनिबार इजरायलमा प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले एक्कासी आक्रमण गर्दा अहिले विश्वमा तरंग छाएको छ । यस घटनामा परेर इजरायलीहरु मात्र नभई नेपाली विद्यार्थीहरुले समेत ज्यान गुमान बाध्य भए ।

पढ्दै कमाउँदै कार्यक्रम अन्तरगत केही महिना अघि मात्रै इजरायल पुगेका सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत १० विद्यार्थीको हमासको आक्रमणमा परि ज्यान गुमाए । यो घटनाले सबै नेपालीलाई स्तब्ध बनायो । अझै कयौँ विद्यार्थीहरु बंकरमा लुकेर बसेका छन् भने कतिपयलाई सुरक्षित स्थानमा सारिएको छ । विद्यार्थीहरुलाई स्वदेश फर्काउन ढिलाई भइरहँदा सरकारको आलोचना समेत भइरहेको छ । यही अवस्थालाई मध्यनजर गर्दै इजरायलमा फसेका नेपाली विद्यार्थीहरुको उद्दारको माग गर्दै चितवनमा विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन् ।

पूर्वीचितवनको खैरहनीस्थित रामपुर कृषि क्याम्पसका संयुक्त विद्यार्थी संगठनहरुको आयोजनामा सोमबार साँझ पर्सा बजारको चौविसकोठी चोकमा प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुको निधन प्रति दुःख प्रकट गर्र्दै दीप प्रज्वलन गर्नुको साथै सरकारलाई झकझकाउन शान्ति पूर्ण प्रदर्शन गरिएको प्रदर्शनमा सहभागि नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य आशिष देवकोटाले जानकारी दिए ।

विद्यार्थीहरुले सास र लास दुवै फर्काइ देउँ, ए सरकार कृषिलाई सपार्छस्की कृषिकै नाउँमा नै मार्छस्, अझै कति दिन बंकरमा बस्ने ? लगायत प्रश्न लेखिएको प्ले कार्डसहित विद्यार्थीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । यस्तै प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले गरेको आक्रमणमा परी निधन भएका विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन समेत गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>