Breaking News

इजरायल-हमास लडाइँः मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

Banner

इजरायल,असोज २२-

इजरायल-हमास लडाइँमा दुबैपक्षका गरी कम्तिमा १ हजार १ सय ‍मानिसहरूको मृत्यु भएको छ। द न्युयोर्क टाइम्सका अनुसार प्लालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले आक्रमण गरेपछिको ३६ घन्टामा १ हजार १ सय जनाको मृत्यु भएको छ। तीमध्ये ७ सय इजरायली र ४१३ प्लालेस्टाइनी मारिएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। शनिबार जमिन, आकाश र समून्द्रबाट हमासले इजरायलमाथि अचानक आक्रमण गरेपछि इजरायल प्रतिकारमा उत्रिएको थियो। इजरालयमाथि हमासको आक्रमण ५० वर्षयताकै ठूलो आक्रमण भनिएको छ।

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले आफूहरू हमासविरूद्ध युद्ध लडिरहेको घोषणा गरेका थिए। ‘हामी युद्धमा छौं र यो युद्ध हामी जित्छौं,’ उनले भनेका छन्। हमासले कैयौं इजरायली नागरिक र सैनिकहरूलाई बन्दी बनाएका छन्। उनीहरूले वृद्धवृद्धालाई पनि अपहरण गरी गाजा लगेको बताएको छ। हमासको आक्रमणपछि इजरायलले गाजापट्टी क्षेत्रमा आक्रमण गरेको छ। इजरायलको आक्रमणबाट गाजा क्षेत्रबाट १ लाख २३ हजार ५३८ मानिसहरू विस्थापित भएको संयुक्त राष्ट्रसंघलाई उदृध गर्दै न्युयोर्क टाइम्सले लेखेको छ।

इजरायलले पनि प्यालेस्टाइनसँग सिमा जोडिएको भूभागदेखि ४ किलोमिटरसम्मका क्षेत्रबाट नागरिकहरूलाई स्थानान्तरण गरी अन्यत्र पठाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>