खेलकुद
लायन्स/लियो चित्रवन कप फुटसलको उपाधि लायन्स क्लव चितवन रोयललाई

चितवन, असोज २२–
लायन्स/लियो क्लव अफ नारायणगढ चित्रवनको आयोजनामामा भएको दशौं संस्करणको लायन्स/लियो चित्रवन कप फुटसल प्रतियोगिता–२०८० को उपाधि लायन्स क्लव अफ रोयलले जितेको छ ।
अंकुरम एकेडेमीको फुटसल मैदानमा भएको फाइनल खेलमा लियो क्लव अफ नारायणगढ बालकुमारीलाई ८–३ गोलको फराकिलो अन्तरले पराजित गर्दै चितवन रोयलले उपाधि जितेको हो । उपाधिसंगै चितवन रोयलले नगद २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो । उपविजेतामा चित्त बुझाएको नारायणगढ बालकुमारीले नगद १२ हजार र ट्रफी हात पार्यो ।
यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी रोजन दाहाल र सर्वाधिक गोलकर्ताको पुरस्कार निखिल रानाभाटले हात पारे । सबै विजेता तथा उपविजेताहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय डिष्क्ट्रि ३२५ आरका गर्भनर एमजेएफ लायन आरएस महतो, भाइस डिष्ट्रिक्ट गर्भनर लायन दिनानाथ न्यौपाने, लियो जिल्ला परिषद् ३२५ आर नेपालका अध्यक्ष लियो किरण लामिछाने, सेन्ट्रल कलेजका प्रिन्सिपल वाइबी पौडेल, लियो जिल्ला परिषद् ३२५ आर नेपालका अध्यक्ष ललन महतो, निवर्तमान अध्यक्ष पुरुषोत्तम सुवेदी, हालका कार्यकारी सचिव विकास पाण्डे, रिजन कोर्डिनेटर विमोचन आचार्यलगायतले पुरस्कार प्रदान गरेको क्लवका अध्यक्ष विनोद भण्डारीले जानकारी दिए ।
























