मनोरञ्जन

‘प्रसाद २’ को विवादमा पक्राउ परेका ओएसआर डिजिटलका सञ्चालकलाई अदालतमा उपस्थित गराइँदै

Banner

काठमाडौं, असोज २१-

ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल फिल्म ‘प्रसाद २’ को विवादमा पक्राउ परेका छन् । प्रहरी वृत्त बौद्धका अनुसार शुक्रबार पक्राउ परेका अग्रवाललाई म्याद थपका लागि आज (आइतबार) जिल्ला अदालतमा उपस्थित गराइँदैछ ।

‘प्रसाद २’ का निर्माता सुदर्शन बस्नेतको उजुरीपछि प्रहरीले अग्रवाललाई पक्राउ गरेको हो । उनलाई शुक्रबार सिंहदरबार वृत्तले पक्राउ गरेर अनुसन्धानका लागि बौद्ध प्रहरीलाई बुझाएको थियो ।

अहिले अग्रवाललाई बौद्ध प्रहरीको हिरासतमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>