चितवन विशेष

भरतपुर १७ को मजुवा सामुदायीक वनमा सरसफाई

Banner

चितवन, असोज २०-

भरतपुर महानगरपालिका वडा नम्बर १७ ले भ्रमण बर्ष २०२४ लाई मध्यनजर गर्दै सरसफाई अभियान थालेको छ । अभियान अन्तरर्गत (आज) शनिवार मजुवा सामुदायीक वनमा सरसफाई कार्यक्रमको आयोजना गरेको हो ।

पर्यटकीय सम्भावना रहेको यस सामुदायिक वनमा पर्यटकलाई आकर्षित गर्न सरसफाइ कार्यक्रमको आयोजना गरिएको वडाध्यक्ष ललितमान तामाङले जानकारी दिए । यहाँ गैँडा, पाटेबाघ, घडियाल, गोही, कछुवा, हरिण, मृग, मैयूर लगायतका वन्यजन्तु तथा चराचुरुङ्गी पाइन्छ । यसको प्रचारप्रसार गर्न सके पर्यटकीय स्थल बनाउन सकिने उनले बताए ।

पर्यटकीय क्षेत्रको विकासका लागि महानगरपालिका लागेको भरतपुर महानगरपालिकाका कार्यपालिका सदस्य गोपाल दराईले जानकारी दिए । पश्चिम चितवनको उत्कृष्ट पर्यटकीय गन्तव्य समेत रहेको उनले बताए । मजुवा सामुदायिक वन पिकनिक स्पोर्टका लागि समेत उपयुक्त ठाउँ हो । यहाँ तीन वटा पिक्निक स्पोर्ट रहेको सामुदायिक वनका अध्यक्ष भरतराज पौडेलले जानकारी दिए । यहाँ गैँडा प्रजननका लागि उपयुक्त ठाउँ रहेको उनले बताए । उनले बजेट अभावमा काम गर्न नसकिएको भन्दै अब बजेटको सुनिश्चिताका लागि सबै तहमा अनुरोध गरिने बताए । वन अवलोकनका लागि यहाँ दुई वटा भ्यू टावर समेत बनाइएको छ । वस्नका लागि होमस्टे समेत बनाइएको छ । गुरुङ, तामाङ, ब्राम्हण, मगर, थारु समुदायको संस्कृति अवलोकन गर्न सकिने उनले बताए । यस क्षेत्रमा शिवालय मन्दिर, मनकामना माई मन्दिर, गुम्बा समेत रहेका छन् । सरसफाइमा विभिन्न टोल विकास संस्थाका अध्यक्षहरु सहभागि थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>