मकवानपुर

बागमती प्रदेशलाई आत्मनिर्भर बनाउने नीति: मुख्यमन्त्री जम्कट्टेल

Banner

मनहरी (मकवानपुर), असोज २०-

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा उद्योग कालकारखाना स्थापना गरी ‘आत्मनिर्भर बागमती’ बनाउने नीति लिएको बताउनुभएको छ ।

आज हेटौँडामा आयोजित उद्योग परिसङ्घ बागमती प्रदेशको साधारणसभा तथा दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले सरकारले प्रदेशलाई आत्मनिर्भर बनाउने नीति लिएर अगाडि बढेको बताउनुभयो ।

उद्योगीका क्षेत्रमा छलफल गरेर अगाडि बढ्ने बताउँदै मुख्यमन्त्री जम्कट्टेलले प्रदेशको क्षेत्राकारभित्रका कार्यमा लगानी गरेको दाबी गर्नुभयो । सरकारले कृषि क्षेत्रमा जोड दिने भन्दै विगतमा कृषि क्षेत्र व्यक्ति केन्द्रित भएकाले त्यसको अन्त्य गरेर व्यसायीकरण गर्दै अगाडि बढ्नुपर्ने उहाँले धारणा राख्नुभयो ।

उद्योग कालकारखाना प्रदेश सरकारको मातहतमा नभएको भन्दै मुख्यमन्त्री जम्कट्टेलले नयाँ योजनासहित प्रदेश सरकारले डाक्टर र नर्स पढाइ खुलारुपमा गर्ने नीति निर्माण गर्न लागेको बताउनुभयो । “सिटीइभिटीमा १३ हजार विद्यार्थी उत्तीर्ण भए पनि एक हजार तीन सयले मात्र पढ्न सिट पाएका छन्”, उहाँले भन्नुभयो, “प्रदेश सरकारले डाक्टर र नर्स पढाइ खुलारुपमा गर्ने योजना बनाइरहेको छ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>