चितवन विशेष

चितवनको मेघौलीमा जमेको पानीमा एक पुरुषको शव फेला

Banner

चितवन, असोज २०–

चितवनको भरतपुर महानगरपालिका–२७, मेघौलीमा आज विहान एक पुरुषको शव फेला परेको छ ।

मेघौलीको हिमाली टोलस्थित जानकी माध्यमिक विद्यालयको तारजालीले कम्पाउण्ड गरिएको क्षेत्र नजिक पानी जमेको खाली जग्गामा ५४ वर्षीय जयविर लामाको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको शव चनौली प्रहरी टोलीले मुचुल्का उठाएर पोष्टमार्टमका लागि भरतपुर पठाएको छ ।

भरतपुर २७ को ढेगौली गाउँका लामा पानी जमेको ठाउँमा मृत अवस्थामा फेला परेको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । मृतकको शव पानीमा घोप्टो परेको अवस्थामा फेला परेको हो । प्रहरीले घटना बारे अनुसन्धान सुरु गरेको छ ।

तस्वीरः बद्री अर्याल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>