मनोरञ्जन
केपी ओलीले फेसबुकमार्फत टिकटकर आयुष र अलिजेहलाई दिए बधाई
०

काठमाडौँ, असोज २०-
नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेहको फोटो सियर गर्दै नेकपा एमाले अध्यक्ष केपी ओलीले बधाई दिएका छन् ।
आज (शनिबार) सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिँदै उनले ठकुरी र अलिजेह जमालीको टिकटक आफूले पनि हेर्ने बताएका छन् । ओलीले मायाले जातिको, धर्मको, देशको सीमाको पर्खाल पनि नाघेर उचाई लिने बताएका छन् ।
त्यस्तै फेसबुकमा ओलीले लेखेका छन्–‘ नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेह जमालीले (उनीहरूको टिकटक यदाकदा हेर्ने पनि गर्छु) दुबईमा आफ्ना आमाबाबुलाई साक्षी राखेर आ–आफ्नो संस्कृति अनुसार इन्गेजमेन्ट (टिकाटालो) गरे । मायाले जातिको, धर्मको, देशको सीमाको पर्खाल पनि नाघेर उचाइ लिन्छ । यसले जाति, धर्म, सम्प्रदायमा भिन्नता होइन समानता खोज्न सिकाउँछ । उनीहरूलाई बधाई छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















