देश/प्रदेश

चर्चित नेपाली टिकटकर आयुषले गरे पाकिस्तानी टिकटकर जमालीसँग इन्गेजमेन्ट

Banner

काठमाडौं,असोज १९-

चर्चित नेपाली टिकटकर आयुषसिंह ठकुरीले शुक्रबार दुबईमा प्रेमिका तथा पाकिस्तानी टिकटकर अलिजेह जमालीसँग इन्गेजमेन्ट गरेका छन् । यी दुई पछिल्लो समय ‘टक अफ द टाउन’ बनिरहेका छन् ।

आयुष र जमालीले आ-आफ्ना टिकटक एकाउन्टबाट इन्गेजमेन्टबारे जानकारी दिएका छन् । जमालीका आफन्त पनि समारोहमा उपस्थित भएर नाचगान गरिरहेको देख्न सकिन्छ ।

‘मुझे मेरी रानी मिलेगी’ क्याप्सनसहित आयुषले भिडियो पोस्ट गरेका छन् । जमालीले पनि लेखेकी छिन्, ‘प्रमिस रिङदेखि इन्गेजमेन्ट रिङसम्म ।’

नेपालका आयुष र पाकिस्तानकी जमाली टिकटक लाइभबाट जोडिएका हुन् । पछिल्लो समय यी दुबैजना दुबईमा बस्दै आएका छन् । केही समयदेखि यी दुई प्रेम सम्बन्धमा थिए । बुर्काले अनुहार छोपेर लाइभमा आउने जमालीलाई टिकटकमा १५ लाखले फलो गरेका छन् ।

झण्डै ८ लाख फलोअर्स भएका आयुष टिकटक लाइभमा बसेर डलर कमाउने मध्ये पर्छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>