Breaking News
माओवादी हुँदै जनमत पुगेको ६ महिनामै एमाले प्रवेश गरे शिवचन्द्र

काठमाडौं, असोज १९-
जनमत पार्टी बाराका नेता शिवचन्द्र कुशवाह आज (बुधबार) नेकपा एमालेमा प्रवेश गरेका छन् । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्र छाडेर गत वैशाख १० गतेको उपनिर्वाचनमा सीके राउत नेतृत्वको जनमत पार्टी प्रवेश गरेका शिवचन्द्र एमालेमा प्रवेश गरेका हुन् ।
शिवचन्द्रलाई एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूको उपस्थितिमा एमाले प्रवेश गराइएको हो । उनलाई ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईलगायतका नेताहरूले स्वागत गरेका थिए ।
शिवचन्द्र २०६४ सालमा बारा २ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए । उनी माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य थिए । शिवचन्द्र उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवसँग झिनो मतले पराजित भएका थिए । निर्वाचनपछि केही समय जनमत पार्टीमा रहे पनि सीके राउतसँग सहमत हुन सकेनन् ।


























