Breaking News
राष्ट्रपतिको निर्णयविरुद्ध भारतीको मुद्दामा सुनुवाइ सकियो,फैसला आउन बाँकी
०

काठमाडौँ, असोज १९-
राष्ट्रपतिको निर्णयविरुद्ध भारती मानन्धरले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथिको सुनुवाइ सकिएको छ । नेपालगन्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध भारतीले अदालतमा दायर गरेको रिट सुनुवाइ सकिएको हो ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा उक्त मुद्दाको बिहीबार भएको हो । अदालत स्रोतका अनुसार सुनुवाइ सकिए पनि फैसला आउन बाँकी रहेको छ ।
रिगलले खुँडा प्रहार गरेर नेपालगन्जका चेतन मानन्धरको हत्या गरेका थिए । चेतनकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























