Breaking News

खुँडा हानी हत्या गरेका रिगललाई आम माफीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

Banner

काठमाडौं,असोज १८-

गुन्डा नाइके रिगल भनिने योग ढकाललाई आम माफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेशी न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा तोकिएको छ । रिगलको निर्देशनमा मारिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले असोज १४ गते रिट दायर गरेकी थिइन् ।

चेतनको २०७२ सालमा नेपालगन्जमा खुँडा हानी हत्या भएको थियो । सर्वस्वसहित जन्मकैद भएका रिगललाई गत संविधान दिवसका अवसरमा आम माफी दिइएको थियो । उक्त निर्णयविरुद्ध भारती न्याय खोज्दै काठमाडौंमा आइपुगेकी छिन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>