खेलकुद

चितवनमा असोज २० गतेदेखि सेन्ट्रल कलेज बास्केटबल प्रतियोगिता हुने

Banner

चितवन,असोज १६-

चितवनमा असोज २० गतेदेखि सेन्ट्रल कलेज फाइभ अन फाइभ ओपन बास्केटबल प्रतियोगिता हुने भएको छ । भरतपुर महानगरपालिका ३ स्थित लिटिल फ्लावर स्कूलको कोर्टमा हुने प्रतियोगिता २२ गतेसम्म सञ्चालन हुनेछ । चितवन बास्केटबलको आयोजनामा हुने प्रतियोगितामा पहिलो र दोस्रो हुने टिमले क्रमशः ५० हजार र २५ हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा चितवन,नवलपुर,दाङ,बुटवल,काठमाडौ,पोखरा लगायतका जिल्लाबाट खेलाडीहरु सहभागि हुने आयोजक संस्थाका सुवोध श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको प्रवेश शुल्क सात हजार तोकिएको छ ।

सेन्ट्रल कलेजको मुख्य प्रायोजनामा हुन लागेको प्रतियोगित जिल्लाकै ठूलो प्रतियोगिता रहेको बताइएको छ । उच्च शिक्षा अध्ययनका लागि जापान,अष्ट्रेलिया,क्यानडा,यूके,युएसए लगायतका देशमा जाने विद्यार्थीलाई परामर्श र भिजा प्रोसेसिङको काम गर्दै आएको कलेजले अधिकांस खेल प्रतियोगितामा सहकार्य गर्दै आएको छ । बास्केटबल प्रेमी खेलाडीका लागि प्रतियोगिता निकै महत्वपूर्ण रहेको सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>