खेलकुद

दशौं लायन्स/लियो चित्रवन कप फुटसल प्रतियोगिता हुने

Banner

चितवन, असोज १६–

लायन्स/लियो क्लव अफ नारायणगढ चित्रवनको आयोजनामामा दशौं संस्करणको लायन्स/लियो चित्रवन कप फुटसल प्रतियोगिता हुने भएको छ । यही असोज २० गते भरतपुरस्थित अंकुरम एकेडेमीको फुटसल मैदानमा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा विभिन्न क्षेत्रका लियो क्लवहरुले सहभागिता जनाउने छन् । प्रतियोगिताका विजेताले नगद २५ हजार र ट्रफी, उपविजेताले १२ हजार रुपैयाँ र मडेल, प्रमाणपत्र पुरस्कार पाउने लियो क्लव अफ नारायणगढ चित्रवनका अध्यक्ष लियो विनोद भण्डारीले जानकारी दिए ।

यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कार प्रदान गरिने क्लवले जनाएको छ । हरेक वर्ष बडा दशैको अवसरमा आयोजना गरिने यस प्रतियोगिताले लियो सदस्यहरुबीच आत्मियता र भातृत्वको विकास गर्ने अध्यक्ष भण्डारीले बताए । १० वर्षदेखि यस प्रतियोगिता निरन्तर हुँदै आइरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>