Breaking News

ओलीले गृहमन्त्रीलाई भनेः १०० किलो सुन पक्राउ पर्छ, तपाई ढाकछोप गर्नुहुन्छ, छानबिन गर्दा के बिग्रिन्थ्यो महाशय

Banner

काठमाडौं,असोज १६-

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीको चर्को आलोचना गरेका छन् । गृहमन्त्री आफैं सुन तस्करीको ढाकछोप गर्न लागेको, तर संगठित रुपमा विरोध गरेर सुशासनको अभियान चलाउन दिएन भनेर गफ दिँदै हिँडेको उनको आरोप छ ।

मंगलबार प्रतनिधि सभाको बैठकमा विशेष समय लिएर बोलेका एमाले अध्यक्ष ओलीले गृहमन्त्रीले सोमबार हेटौंडामा दिएको अभिव्यक्तिमाथि प्रश्न उठाएका हुन् । ‘हिजो माननीय गृहमन्त्रीजीले हेटौंडामा गएर उधुमै खोक्नुभयो । सुशासनको अभियान चलाएको, त्यसलाई रोक्न संगठित रुपमा विरोधीहरु लागेका छन् भनेर,’ उनले भने, ‘कुन विरोधी लागे तपाईंको अभियान रोक्न ?’

‘साढे ९ किलो सुन भेपमा पक्राउ पर्छ, तपाईं ढाकछोप गर्न लाग्नुहुन्छ । १०० किलो सुन पक्राउ पर्छ, ढाकछोप गर्न लाग्नुहुन्छ । छानबिन गर्न आयोग बनाउँभन्दा एक महिनासम्म लडाइँ गर्नुपर्छ । छानबिन गर्दा के बिग्रिन्थ्यो महाशय तपाईंको ? किन आत्तिनु भएको स्वतन्त्र निश्पक्ष छानबिनसँग ?’

उनले गृहमन्त्रीमाथि थप प्रश्न गरे, ‘एयरपोर्टमा किन पक्राउ परेन सुन ? सिनामंगलमा किन पक्राउ पर्यो, गन्तव्यसम्म पछ्याएर गएर सबै समाउन किन सकिएन ?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>