चितवन विशेष
भरतपुरमा बिरुवा उखालेर फाल्ने महिला पक्राउ
०

चितवन, असोज १५–
भरतपुर महानगरपालिका वडा नम्बर ३ अन्तरगत सहिदचोक–बेलचोक सडकखण्डको बिरुवा उखाल्ने महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा वर्ष २८ की खुस्बी रौनियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो । आज दिउँसो ३ बजे पक्राउ परेकी महिलालाई प्रचलित कानुनअनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सोमबार राती सवा २ बजे आफ्नै पसल अगाडि रहेको बिरुवा उखालेर फालेको सिटी टिभी फुटेजमा देख्न सकिन्छ । घर अगाडि रुख ठूलो भई असर पार्ने भन्दै बिरुवा उखालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
गत शुक्रबार भरतपुर महानगरपालिकाले वृक्षरोपण महाअभियान अन्तर्गत यो सडकमा बिरुवा रोपिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























