Breaking News
काठमाडौमा एक युवामाथि छुरा प्रहार, कटुवा पेस्तोल छाडेर फरार
०

काठमाडौ,असोज १५-
काठमाडौंको गौशाला एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ । साजन हुसेन भन्ने व्यक्तिमाथि चक्कु प्रहार भएको हो । साजन हुसेन गौशालाको पिके डायग्नोस्टिक सेन्टर सन्चालन गर्दछन्। उनीमाथि चक्कु प्रहार भएको जानकारी पाएपछि प्रहरी पुग्दा घटनास्थलबाट एक थान पेस्तोल बरामद भएको प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेबेले जानकारी दिए ।
चक्कु प्रहार गर्ने व्यक्ति फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























