मकवानपुर

मकवानपुरमा बरामद भएको एक हजार ३९ केजी गाँजा जलाएर नष्ट

Banner

हेटौडा,असोज १४-

मकवानपुर प्रहरीले शनिबार हेटौँडामा जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको एक हजार ३९ केजी लागुऔषध गाँजा जलाएर नष्ट गरेको छ।

प्रहरीले असोज १० गतेसम्म बरामद गरेको सो परिमाणको गाँजासहित चरेस, नाइट्राभेटलगायतका लागुपदार्थ जलाएर नष्ट गरेको हो। लागुऔषध नष्ट गर्नुपूर्व अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ। मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार गत भदौ २७ गतेदेखि असोज १० गतेसम्म बरामद गरेको एक हजार ३९ केजी गाँजा, २०४ ग्राम चरेस, ३.७४० ग्राम खैरो हेरोइन र एक हजार ४१ ट्याब्लेट नाइट्राभेट जलाएर नष्ट गरिएको हो।

प्रहरीले उक्त परिमाणको लागुऔषध हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित राप्ती खोला किनारमा जलाएर नष्ट गरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>