चितवन विशेष
प्रेस चौतारी चितवनको भवनलाई युवा नेता सिग्देलको आर्थिक सहयोग

चितवन,असोज १३-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता सुलभ सिग्देलले भरतपुरमा निर्माण भैरहेको प्रेस चौतारीको भवनका लागि आर्थिक सहयोग गर्नुभएको छ । सिग्देलले प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई चौतारी भवन निर्माणका लागि ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको हो । सिग्देल राप्रपाको भरतपुर महानगर कमिटी सचिव तथा चितवन क्षेत्र नम्वर ३ का सांसद बिक्रम पाण्डेको सचिवालय सदस्य हुनुहुन्छ ।
भरतपुर महानगरपालिका वडा नं. ११ बसेनीमा बन्दै गरेको भवनका प्रेस चौतारीको देश कै पहिलो भवन हो । सिग्देलले प्रेस चौतारी चितवनको भवन सबै पत्रकारहरुको साझा भवन भएको भन्दैं भवन निर्माणको प्रकृयामा थोरै भएपनि सहयोग गरेको बताउनुभयो । उहाँले सबैलाई चौतारीको भवन निर्माणका लागि सहयोग गर्न आग्रह गर्दै चौतारीले आब्हान गरेको श्रमदानमा समेत सहभागि हुनुभएको थियो ।
युवानेता सिग्देलले चौतारीको भवन निर्माणमा सहयोग गरेको भन्दै अध्यक्ष पण्डितले धन्यबाद दिनुभयो । उहाँले भवन निर्माणका लागि सबै क्षेत्रबाट निरन्तर सहयोग भइरहेको भन्दै सामाजिक काममा जोडिन सबैलाई आब्हान गर्नुभयो । भवनको दोस्रो तला ढलानको तयारीसमेत भैरहेको अध्यक्ष पण्डितले जानकारी दिनुभयो । साढे ३ तले भवनका लागि १ करोड ५० लाख लागत अनुमान गरिएको छ ।
























