मनोरञ्जन

१० लाख बुझेर ‘सुटिङ’ मा गएका थिएनन् अनमोल

Banner

काठमाडौँ ,असोज १२-

ठगी अभियोगमा पक्राउ परेका अभिनेता अनमोल केसीले रावायण चलचित्रमा अभिनय गर्ने भन्दै पैसा लिएर छायांकनमा नगएपछि निर्माता पक्षले उनीविरुद्ध ठगीको उजुरी दिएको पाइएको छ ।

रावायणका निर्माता सुप्रिया कटवालले केसीविरुद्ध १० लाख रुपैयाँ ठगीको उजुरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा दिएकी थिइन् । त्यसपछि प्रहरीले केसीलाई बोलाएर सोधपुछ गर्ने प्रयास गरे पनि उनी सम्पर्कविहीन बनेका थिए । त्यसपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर उनको खोजी गरेको थियो । कार्यालय प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले चलचित्र अभिनयका लागि रकम लिएर पनि छायांकनमा नगएपछि निर्माता पक्षले उजुरी दिएको र त्यसकै आधारमा उनलाई पक्राउ गरिएको बताए ।

‘केही दिनअघिबाटै चलचित्रको छायांकन सुरू गर्ने भनिएको रहेछ । त्यसका लागि नायक–नायिका‚ प्राविधिक टोलीलगायतलाई निर्माता पक्षले कूल १ करोड पाँच लाख रुपैयाँ बाडिसकेको रहेछ । त्यसमध्ये केसीले १० लाख रुपैयाँ बुझेर पनि छायांकनमा नगएपछि पीडितपक्ष उजुरी लिएर प्रहरीमा आएको थियो‚’ उनले भने‚ केसीलाई बोलाएर दुवै पक्षसँग कुरा गर्न खोज्दा प्रहरीलाई नै उनले जे गर्नु छ गरे हुन्छ भन्दै धम्क्याएपछि अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

अभिनेता केसीलाई केहीबेरअघि प्रहरीले भक्तपुरको साँगा क्षेत्रबाट पक्राउ गरेको थियो । उनलाई ठगीको कसुरमा मुद्दा चलाइने एसएसपी राठौरले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>