चितवन विशेष
तमू प्ये ल्हु संघ महिला समिति चितवनको अध्यक्षमा शान्ति

चितवन, असोज १०–
गुरुङ समुदायको मौलिक धर्म संस्कार संस्कृति संरक्षणका निम्ति स्थापित संस्था तमू प्ये ल्हु संघ जिल्ला कार्यसमिति चितवनको महिला समितिको अध्यक्षमा शान्ति गुरुङ चयन भएकी छन् ।
आज (बुधबार) भरतपुर–९ स्थित नौरङ्गेमा सम्पन्न संस्थाको पाँचौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा पूर्णीमाया गुरुङ र शुकुमाया गुरुङ, सचिवमा ज्ञानु गुरुङ, कोषाध्यक्षमा प्रेमकुमारी गुरुङ, सह–सचिवमा एकमाया गुरुङका, सह–कोषाध्यक्षमा बन्दना गुरुङ चयन भएकी छन् ।
यस्तै समितिको सदस्यहरुमा अनिता गुरुङ, सुष्मा गुरुङ, सुनिता गुरुङ, नानीमाया गुरुङ, सन्तमाया गुरुङ र कल्पना गुरुङ रहेका छन् ।
संस्थाको निवर्तमान अध्यक्ष इन्द्रा गुरुङको सभापतित्वमा सम्पन्न अधिवेशनको समुद्घाटन समारोहमा प्रमुख अतिथि तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष लालप्रसाद गुरुङ रहेका थिए भने विशिष्ट अतिथिमा संघका सल्लाहकार संयोजक जगत बहादुर गुरुङ र पूर्व वरिष्ठ उपाध्यक्ष तुलाराम गुरुङ रहेका थिए ।
























