Breaking News
टी–२० आई क्रिकेटमा कुशल मल्लको विश्व कीर्तिमानी शतक
०

चीन, असोज १०-
नेपालका अलराउण्ड र कुशल मल्लले टी–२०आई क्रिकेटमा विश्व कीर्तिमानी शतक प्रहार गरेका छन् ।
चीनको हान्झाउमा जारी पुरुष क्रिकेट अन्तर्गत कुशल मल्लले मंगोलिया विरुद्ध अहिले भइरहेको खेलमा ३४ बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बनाएका हुन् ।
उनले दक्षिण अफ्रिकाका डेविड मिलर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका सुदेश विक्रमाशेखरले ३५ बलमा शतक प्रहार गर्दै बनाएको कीर्तिमान तोडेका हुन् ।
यसअघि नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले २०१९ मा सिंगापुर विरुद्ध ४९ बलमा शतक बनाएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























