Breaking News
उपमेयर डंगोलले अभियन्ता इः लाई भेटेपछि ओलीले भनेः हामीले महानगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन

काठमाडौं,असोज ९-
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फुटपाथ (सडक) व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश भएको बताएका छन् । ओलीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै फुटपाथ (सडक)व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश भएको बताएका हुन् ।
काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले अभियन्ता ईशान श्रेष्ठ ‘ईस्’ सँग भेटेलगत्तै ओलीले वार्ताबाट समाधान खोज्ने संकेत हुनसक्ने बताएका छन् । सडक व्यवसायीहरूको वैकल्पिक व्यवस्थाको मागसहित काठमाडौं महानगर मेयर कार्यालयअगाडि उभिएर प्रदर्शन गरिरहेका ईलाई भेट्न डंगोल आज बिहान त्यहाँ पुगेकी थिइन् ।
ओलीले लेखेका छन्, ‘हामीले महानगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन ।’ उनले उपमेयरले भेटेको प्रसंग कोट्याउँदै दुवैजना युवा भएकाले छलफल गर्न र समाधान निकाल्न सुझाव दिएका छन् । साथै समाधानको उपाय के हुन सक्छन् भनेर सुझाव पनि मागेका छन् । हेर्नुहोस् उनको फेसबुक स्टाटस्ः



























