चितवन विशेष
हाजिरीजवाफमा पृथ्वी टोल पहिलो
०

चितवन, असोज ७–
नमुना बाल क्लवद्धारा आयोजित हाजिरीजवाफ प्रतियोगितामा पृथ्वी टोल विकास संस्था पहिलो भएको छ ।
भरतपुरमा आयोजित प्रतियोगितामा ओम शान्ति टोल दोस्रो र भरतपुर टोल तेस्रो स्थान हासिल गर्न सफल भयो । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ सय, एक हजार र पाँच सय रुपैयाँ, मेडल र ट्रफी प्राप्त गरेको कार्यक्रम संयोजक निश्चल सुवेदीले जानकारी दिए । यस्तै शान्ति इन्द्रेणी टोलले सान्त्वना स्थान हासिल गर्न सफल भयो ।

कार्यक्रममा १३ भन्दा बढी टोल विकास संस्थाहरुले प्रतिस्पर्धा गरेका थिए । विजेता टिमहरुलाई कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं.१० का वडा अध्यक्ष परमेश्वर खनाल, वडा सदस्य ऋषि थापालगायतले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रम नमुना बाल क्लवका अध्यक्ष अनुभव पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























