खेलकुद
क्यान अध्यक्षमा चतुर सर्वसम्मत
०

काठमाडौं, असोज ६-
नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा हालका अध्यक्ष चतुरबहादुर चन्द दोहोरिने निश्चित भएको छ । अध्यक्षमा उनको मात्रै मनोनयन दर्ता भएपछि सर्वसम्मत निर्वाचित हुने भएका हुन् ।
चन्दलाई अध्यक्षमा बर्दियाका विनय राजभण्डारीले चुनौति दिने तयारी गरेका थिए । उनले आज मनोनयनको फारम पनि भरिसकेका थिए । तर, आफ्नो निर्णयबाट पछि हट्दै उनले मनोनयन दर्ता गरेनन् । भरिसकेको फारम च्यातेर उनले चतुरलाई नै समर्थन गर्ने भएका छन् ।
राजभण्डारीलाई चतुरले के आश्वासन दिएर ब्याक गराए भन्ने खुलिसकको छैन ।