चितवन विशेष

थारु कल्याणकारिणी सभा चितवनको आज नयाँ नेतृत्व चयन हुँदै

Banner

चितवन, असोज ६–

थारु कल्याणकारिणी सभा (थाकस) चितवनको आज नयाँ नेतृत्व चयन हुँदैछ । शुक्रबारबाट सुरु भएको अधिवेशन आज दोस्रो दिन नयाँ कार्यसमिति चयन गर्दै सकिनेछ ।

भरतपुरस्थित रोज गार्डेनमा सुरु भएको अधिवेशनको एक कार्यक्रमकाबीच थाकस केन्द्रीय सभापति धनिराम चौधरीले समुद्घाटन गरेका थिए । जिल्ला सभापति ललित चौधरीको अध्यक्षतामा भएको समुद्घाटन कार्यक्रममा पूर्व सांसद रुकमिणी चौधरी, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा (एमाले) चितनका अध्यक्ष रामप्रसाद न्यौपाने, नेकपा (माओवादी केन्द्र) चितवनका अध्यक्ष रामचन्द्र अधिकारी, माडी नगरपालिकाकी मेयर ताराकाजी कुमारी महतो, उपप्रमुख खेमप्रसाद महतो, थारु अगुवा एवं सप्तगण्डकी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख मणिराम महतो, थाकस चितवनका पूर्व जिल्ला सभापतिहरुलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई थारु रत्न सम्मान प्रदान गरिएको थियो । पत्रकारिता क्षेत्रबाट कान्तिपुर दैनिकका चितवन संवाददाता रमेश कुमार पौडेल सम्मानित भएका थिए ।

अधिवेशन अन्तरगत आज बन्द सत्र सुरु भएको छ । दिउँसोबाट नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ । नेतृत्वका लागि आंकाक्षीहरु थुप्रै रहेका छन् । सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको सभापति ललित चौधरीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>