Breaking News
डडेल्धुरामा २० वर्षीय युवतीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ
०

धनगढी, असोज ४-
डडेल्धुरामा २० वर्षीय एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–३ का २२ देखि २८ वर्ष उमेर समूहका युवाहरु छन् । उनीहरुसँगै सामूहिक बलात्कारमा संलग्न भएको भनिएका अर्का एक १८ वर्षीय किशोर भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
युवतीमाथि फरक–फरक समय र स्थानमा सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
डडेल्धुरा प्रहरीकाअनुसार पक्राउ परेकाहरुमाथि गत वैशाख ५ गते नानिगाड खोलामा र गत वैशाख १२ गते साँझ डेकामा रहेको एउटा गोठमा लगेर युवतीलाई बलात्कार गरेको किटानी जाहेरी परेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























