Breaking News

चिकित्सक कुटिएको विरोधमा स्वास्थ्य संस्था ठप्प, बिरामी मर्कामा

Banner

चितवन,भदौ ३१-

हेटौंडाको सन्चो अस्पतालका दुई जना चिकित्सकमाथि कुटपिट भएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै चितवनसहित देशभरिका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द भएका छन् । अस्पतालको सेवा बन्द हुँदा उपचारकालागि पुगेका विरामीहरु मर्कामा परेका छन् । उनीहरु अस्पतालमा टाँसिएको सूचना हेर्दै आफ्नो बिरामीले उपचार पाउने आशमा अस्पताल परिसरमा ढुकेर बसिरहेका छन् ।

नेपाल चिकित्सक सङ्घले माग गरेको छ । बिरामीको उपचार गरिरहेको अवस्थामा चिकित्सकमाथि साङ्घातिक आक्रमण भएकामा हालसम्म दोषीलाई कारबाही हुन नसक्दा समग्र स्वास्थ्य क्षेत्रमा त्रासको अवस्था सिर्जना भएको जनाएको छ । संघले सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्दको निर्णय गरेको हो ।

आन्दोलनरत चिकित्सकहरुले हातमा कालो पट्टी र ब्यानरसहित विरोध गरिरहेका छन् । देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्थासहित भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्थाका लागि पनि सङ्घले सरकारसँग माग गरेको छ ।

अस्पतालमा बिरामीको मृत्यु भएको घटनालाई लिएर भदौ २७ गते सन्चो अस्पताल दुई चिकित्सकमाथि कुटपिट भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>