Breaking News

काठमाडौँको गैह्रीगाउँमा चार जनाको सामुहिक हत्या

Banner

काठमाडौँ, भदौ ३०-

काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको छ। धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शुक्रबार मध्यराति दुई पुरुष र दुई महिलाको शव भेटिएको हो।

दिव्य सः मिल भित्र शुक्रबार राति ११:५५ बजे चारजनाको शव भेटिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।

हत्या गरिएकमध्ये तीनजना एकै परिवारका हुन्। दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५२ अम्बिका भुजेल र कुमारकी आमा करिब ७६ वर्षीया सुमित्रा भुजेल रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए।

हत्या आशंकामा अन्दाजी २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको थापाले बताए। घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केनाइन महाशाखाबाट ट्रयाकर कुकुर पनि ल्याइएको मैनालीले बताए।

मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>