Uncategorized

भरतपुरको इन्द्रेणी कलेज अब चितवन कलेज अफ टेक्नोलोजीको नामबाट सञ्चालन

Banner

चितवन,भदौ ३०-

चितवनको भरतपुरस्थित इन्द्रेणी कलेज ‘चितवन कलेज अफ टेक्नोलोजी (सिसिटि)’ को नामबाट संचालनमा आएको छ । यस अघि भरतपुर ११ बाईपास रोडमा रहेको ‘इन्द्रेणी कलेज’ अत्याधुनिक सुविधा सहित नयाँ नामबाट भरतपुर १२ आस्थाचोकमा संचालनमा आएको हो।

जिल्लाकै सबैभन्दा पुरानो यस आइटी कलेजले हाल आफ्नै सुविधा सम्पन्न भवनबाट अध्यापन कार्य गर्दै आईरहेको छ । कलेजको नयाँ भवनमा सुविधा सम्पन्न पुस्तकालय, कम्प्युटर प्रयोगशाला तथा अनुसन्धान कक्ष, अत्याधुनिक सुविधा सम्पन्न कक्षा कोठा,पर्याप्त खेल मैदान लगायत रहेको छ ।

वि.सं २०७० सालदेखि चितवनमा सिएसआइटी प्रोग्रामबाट सुरु गरेको यस कलेजले चितवनमा रहेर आइटीको क्षेत्रमा उत्कृष्ट स्थान हासिल गरेको छ । देश तथा विदेशमा लामो समय अध्ययन गरी आएका अनुभवी प्राध्यापकद्वारा अध्यापन गराईने यस कलेजमा त्रिभुवन विश्वविद्यालय सम्वन्धन प्राप्त बिसिए, बिआइएम र बिएससि सिएसआइटी संकायको अध्यापन गराईने कलेजले जानकारी दिएको छ । अहिले स्नातक तहका बिसिए, बिआइएम र सिएसआईटी तीन वटै संकायतर्फ नयाँ भर्ना खुलेको कलेज प्रशासन प्रमुख रवि तिवारी जानकारी दिए । तिवारीका अनुसार यस कलेजमा पढ्दै कमाउदै गर्न सकिने भएकाले पनि विद्यार्थी तथा अभिभावकहरु बिच लोकप्रियता बढ्दै गएको छ ।

कलेजले हरेक सेमेस्टरमा अतिरिक्त कक्षा समेत संचालन गर्दै आएको छ । कलेजले जेहेन्दार र मेहेनती विद्यार्थीका लागि छात्रवृत्तिको पनि व्यवस्था गरेको तिवारीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>