मनोरञ्जन

म राम्रो प्रोजेक्ट आए फिल्म अभिनयमा फर्कन्छु तर नागरिक उन्मुक्ति पार्टीमा फर्कन्नः एलिजा गौतम

Banner

काठमाडौँ, भदौ २९-

अभिनेत्री एलिजा गौतमले आफू अब नागरिक उन्मुक्ति पार्टीमा नफर्कने बताएकी छन् । उनले हालै नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीसँगको भेटमा यस्तो बताएकी हुन् । भेटमा चौधरीले उनलाई पार्टी नछाड्न आग्रह गरेका थिए । चौधरीसँगको उनको भेटलाई लिएर धेरैले एलिजा फेरि नागरिक उन्मुक्ति पार्टीमा फर्कन लागेको अडकल काटेका छन् ।

‘मेरो चौधरीसँग भेट भएको पार्टीमा फर्कन होइन । उहाँको चाहाना भए पनि म फर्किन्न’ चौधरीसँग अनौपचारिक भेट भएको बताएकी छन् । ‘संस्थापक चौधरीको मलाई पार्टीमा फर्काउने चाहना छ तर म अव फर्किन्न’, गौतमले भनिन् ‘भेटमा पार्टीमा फर्कने भन्दा पनि अन्य विषयमा कुरा भयो ।’ उनले आफू टेलिभिजनको काममा व्यस्त भएकोले राजनीतिमा फर्कने सम्भावना कम भएको सुनाइन् ।

‘म राम्रो प्रोजेक्ट आए फिल्म अभिनयमा फर्कन्छु । तर नागरिक उन्मुक्ति पार्टीमा फर्कन्न’ उनले थपिन् । एलिजाले फिल्म ‘अनुराग’ अभिनय गरेकी छन् ।

एलिजाले नागरिक उन्मुक्ति पार्टी केही अगाडि मात्र छाडेकी हुन् । फेसबुकमा स्टाटस लेख्दै उनले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी थिइन् । एलिजा पत्रकार ऋषि धमलाकी पत्नीसमेत हुन् । स्रोतः रातोपाटी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>